फिल्म नचल्दा निराश हुन्छु, तर हरेश खाएकी छैनँः नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले आफूलाई एक बर्ष भन्दा बढी समय लगाएर मिहिनेत गरेको फिल्म नचल्दा दुःख लाग्ने गरेको बताएकी छिन् । काठमाडौंमा आयोजना भएको नारी बोलको गीत रिलिज कार्यक्रममा उनले फिल्म नचल्दा निराश भएपनि आफूले हरेश भने नखाएको बताएकी हुन् ।

फिल्म ‘गाँठो’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेपनि नम्रताले अपेक्षित सफलता भने पाइनन् । बरु, उनको नाम नायक नाजिर हुसेनसँग जोडियो । तर, उनले नाजिरसँग आफ्नो नाम नजोडिदिन समेत आग्रह गरेकी छिन् । नाजिर र आफू साथी मात्र भएको उनको भनाई छ । नम्रताले फिल्म नचल्दा निराश भएपनि राम्रो गरेर अगाडि बढ्ने विश्वास अझै नमरेको तर्क गरिन् ।

नम्रताले लक डाउनको समयमा जीममा खुबै समय बिताइन् । उनले, एक नयाँ फिल्मका लागि आफूले बढी समय बिताएको बताइन् । एक्सनप्रधान फिल्मका लागि नै आफूले मिहिनेत गरिरहेको उनको भनाई छ ।