चलचित्र विकास शुल्क वुझाउन बोर्डले निकाल्यो सूचना
चलचित्र विकास बोर्डले सम्पूर्ण हलहरुलाई चलचित्र विकास शुल्क वुझाउन आग्रह गरेको छ । नयाँ पत्रिकामा विज्ञापन नै प्रकाशित गरि प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गते भित्र वुझाइसक्न पनि बोर्डले आग्रह गरेको छ ।
यदि, चलचित्र विकास शुल्क नवुझाउने हो भने वुझाउनुपर्ने शुल्कको २५ प्रतिशत जरिवाना लाग्ने चेतावनी समेत विकास बोर्डले दिएको छ ।
बोर्डले दैनिक पत्रिकामा निकालेको सूचनामा भनिएको छ–‘आर्थिक ऐन २०७८ को अनुसूचि ४ को प्रकरण ६ मा सिनेमा भवनहरुले विदेशी फिल्म प्रदर्शन गर्दा असुल उपर गरेको चलचित्र विकास शुल्क बापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गते भित्र विवरण सहित सम्बन्धित आन्तरिक राजश्व कार्यलयमा दाखिला गर्नुपर्ने उल्लेख छ ।’
यस्तै, बोर्डले सम्पूर्ण सिनेमा भवनहरुलाई बक्स अफिसमा प्रणालीमा आवद्ध हुन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया