मेलिना र कमलले गरे इन्गेजमेन्ट

गायिका मेलिना मैनाली र गायक कमल खत्रीले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले, आज परिवारलाई साक्षी राखेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु विगत केही बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

मेलिनाले इन्गेजमेन्टपछि लेखेकी छिन्–‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि, साथ तिम्रो होस् र जीवन कहिले खत्तम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एक अर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

सामाजिक संजालमा एक अर्काले औठी साटेको तस्वीर राखेर उनीहरुले सबैको आर्शिवादको चाहना पनि राखेका छन् । नेपाली गायन क्षेत्रमा गायक क्षेत्री चर्चित छन् । गायिका मैनाली पनि पछिल्लो समय गीतसंगीतमा चर्चामा छिन् । दुबैले आफूहरुको प्रेम सम्बन्ध लुकाएका पनि थिएनन् ।

कमल र मेलिनालाई धेरै धेरै बधाई ।