‘कृ’मा काम गरेपछि फिल्म क्षेत्रमा फर्किने बिषयमा निर्णय गर्नै सकिनँः अदिती

नायिका अदिती वुढाथोकी अभिनित दोश्रो फिल्म ‘बाबरी’ असोजको १४ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा उनले नायक धिरज मगर र नव–नायक धिरज नाडकरसँग जोडी बाँधेकी छिन् । अदितीले अभिनय गरेको पहिलो फिल्म ‘कृ’ हो । यो फिल्ममा काम गरेपछि आफूले ७–८ महिना फिल्म क्षेत्रमा काम गर्ने कि नगर्ने भन्ने बिषयमा सोच्न नसकेको अदिती बताउँछिन् ।

यो फिल्मका लागि अदितीलाई सुरुवातमा जुन स्क्रिप्ट सुनाएर साइन गराइएको थियो, सोही भूमिका उनले छायांकनमा फिल्म गैसकेपछि पाइनन् । अदिती भन्छिन्–‘हामीले त फिल्म साइन गर्दा आफ्नो भूमिका पनि हेरेर साइन गर्छौ । कृको कथा सुन्दा मेरो जस्तो भूमिका थियो, पछि सबै काटिएछ । छायांकनमा गएपछि आफ्नो भूमिका काटिएको थाहा पाएँँ ।’

अदितीले पहिलो फिल्ममा नै यस्तो अनुभव भोग्दा नमज्जा लागेको समेत सुनाइन् । तर, जब होम प्रोडक्शनकै फिल्ममा काम गर्ने कुरा भयो, त्यसपछि भने आफू उत्साहित भएको उनको तर्क छ ।

अदितीले फिल्म ‘बाबरी’ हेर्दा दर्शकले पूर्ण मनोरञ्जन र प्रेमको अनुभुती गर्ने समेत तर्क गरेकी छिन् ।