नाजिर र सञ्चिताको ‘गुलाबी’को छायांकन सुरु

फिल्म ‘गुलाबी’को छायांकन सुरु गरिएको छ । समुन्द्र भट्टको निर्देशनमा तयार हुन लागेको फिल्मको कास्कीमा शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्ममा नायक नाजिर हुसेन मुख्य भूमिकामा छन् । दशै अगावै फिल्मको छायांकन सक्ने योजना निर्माणपक्षको छ । फिल्ममा नायिका संचिता लुइटेलको पनि प्रवेश भएको छ । साथमा, सुशिल सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ यो फिल्मको मुख्य कलाकार हुन् ।

समुन्द्रकै कथा रहने फिल्मले पारलैङ्गिताको कथा भन्नेछ । फिल्ममा पटकथा तथा संवाद राजकुमार श्रेष्ठ र नाजिर हुसेनको छ । दि स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मस्सँगको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । निर्देशक भट्टले केही बर्ष अगाडि ‘आधा पेज’ निर्देशन गरेकी थिइन् ।