‘ब्रम्हास्त्र’को बम्पर ओपनिङ, चम्कियो आलिया र रणवीरको स्टारडम
बलिउडले लामो समयपछि लामो सास फेरेको छ । निरन्तर फिल्म फ्लप भएर निराश बनेका बलिउडकर्मीको लागि ‘ब्रम्हास्त्र’ मरुभूमीमा पानी बनेर फर्किएको छ । अयान मुखर्जीको १० बर्षदेखिको मिहिनेतलाई दर्शकले मन पराएका छन् । रनवीर कपुर, आलिया भट्टको जोडीलाई दर्शकले साथ दिएका छन् ।
ट्विटरमा मिश्रित प्रतिक्रिया आएपनि दर्शकले भने यो फिल्मलाई निक्कै रुचाएका छन् । जसकाकारण, यो फिल्मले पहिलो दिन बक्स अफिसमा ३७ करोडको व्यापार गरेको छ । यस्तै, विश्व बजारबाट पहिलो दिन फिल्मले ७२ करोडको ग्रस कलेक्शन गरेको छ । दोश्रो दिन फिल्मको व्यापार ४२ करोडको हारहारीमा छ । दर्शकले मन पराएपछि शनिबार कैयौं हलमा मध्यरातदेखि शो थपिएका छन् ।
आइतबार फिल्मले ५० करोड आसपासको व्यापार गर्ने आँकलन गरिएको छ । मिडिया रिपोर्टका अनुसार, सोमबारका लागि पनि बुकिङ उच्च छ । भारतका कैयौं हलहरुले २४ घन्टा नै फिल्म लगाइरहेका छन् । बलिउडलाई रणवीर र आलियाले फेरि पुरानै लयमा फर्काएका छन् ।
प्रतिक्रिया