२ करोड पार, ‘झिँगे दाउ’को व्यापार
पहिलो साताको विकेन्डमा भन्दा दोश्रो साताको विकेन्डमा फिल्म ‘झिँगे दाउ’ले सुखद व्यापार गर्यो । दोश्रो साताको शनिबार केही हलमा शोज थपिए । फिल्मको वर्ड अफ माउथ उच्च हुँदा देशैभर यो फिल्मको व्यापार बम्पर रहन पुग्यो ।
निर्माणपक्षले जानकारी दिए अनुसार, दोश्रो साताको शनिबारसम्म यो फिल्मको व्यापार २ करोड पार भएको छ । पहिलो साता करिब डेढ करोडको व्यापार गरेको यो फिल्मले दोश्रो साताको शुक्रबार र शनिबार उच्च व्यापार गर्यो ।
प्रदीप भारद्धाजको लेखन रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्ट मुख्य भूमिकामा छन् ।
गाउँघरको कथालाई टपक्क टिपेर फिल्ममा उतारेका कारण पनि देउजा यसपटक सफल देखिए । यो फिल्म सफल हुनुमा निर्देशक देउजाको निर्देशकीय कुशलता सबैभन्दा अग्र भागमा आउँछ । किनकी, एउटा सफल र पाको निर्देशक भएको उदाहरण यसपटक देउजले प्रस्तुत गरेका छन् ।
उनले, अर्गानिक कथालाई कमर्सियल ढंगले ढाल्दा त्यसलाई दर्शकले मन पराएको देखिन्छ ।
प्रतिक्रिया