सोमबार हल बन्द गर्ने निर्णयबाट पछि हट्यो चलचित्र संघ

आफ्ना सदस्यहरुको मानहानी गरिएको र चौतफी आक्रामण भएको भन्दै सोमबार एक दिन देशभरका हल बन्द गर्ने निर्णय गरेको चलचित्र संघ २४ घन्टा नवित्दै आफ्नो निर्णयबाट पछि हटेको छ ।

आज चलचित्र संघको कार्यकक्षमा चलचित्र निर्माता संघका पदाधिकारीसँग भएको वार्तामा चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय स्थगीत गरेको हो ।

साथै, दुबै संस्थाविच देखिएको आपसी मनमुटाव र फिल्म क्षेत्रको समस्या मिलेर समाधान गर्न वार्ता समिती गठन गर्ने निर्णय समेत भएको छ ।

चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र चलचित्र निर्माता संघका महासचिव सुनिल कुमार थापाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ५–५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय समेत भएको जनाइएको छ ।