विवाद बढेपछि निर्माता संघ र चलचित्र संघविच वार्ता
नेपाली फिल्म क्षेत्रलाई अगाडि बढाउन हरेक विधाका फिल्मीकर्मीको उत्तिकै महत्वपूर्ण भूमिका छ । अझ, यसमा पनि फिल्म निर्माण गर्ने निर्माता र प्रदर्शन गर्ने प्रदर्शकविचको सम्बन्ध सुमधुर हुन आवश्यक छ । तर, प्रदर्शक र निर्माताविचको कटाक्ष नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । विगत केही हप्तादेखि उनीहरु आरोप र प्रत्यारोपमा नै उत्रिएका छन् ।
निर्माता संघको नयाँ कार्यसमितीले अब जुनसुकै भाषाको फिल्म पनि शुक्रबार नै प्रदर्शन गर्नुपर्ने अडान लिएपछि घटनाले नयाँ मोड लिएको छ । यस्तै, चलचित्र संघले पनि सोमबार हल बन्द गर्ने निर्णय लिदै मागको सुनुवाई नभएको खण्डमा लामो समय हड्तालमा जाने निर्णय गरिसकेको छ । यसले समस्या झनै जटिल बन्दै गएको छ ।
समस्या जटिल बन्न थालेपछि फिल्म क्षेत्रका दुई प्रमुख संस्थाका पदाधिकारीहरुविच आज बार्ता हुँदैछ । चलचित्र संघमा सुरु भएको वार्तामा यही बिषयमा कुराकानी हुने वुझिएको छ ।
निर्माताहरुले प्रदर्शकबाट नेपाली फिल्मलाई जहिले पनि पाखा लगाउने काम भएको भन्दै आलोचना गरेका छन् । तर, प्रदर्शकहरुले भने दर्शकले रुचाएका नेपाली फिल्मलाई जहिले पनि साथ दिएको भन्दै आफ्नो बचाउ गरेका छन् । फिल्म क्षेत्रका दुई मुख्य निकाय नै झगडा गर्दा गलत सन्देश जाने पक्का छ । यसैले, उनीहरुले समस्याको हल गर्न वार्ता सुरु गरेका हुन् ।
प्रतिक्रिया