चल्यो, ‘झिँगे दाउ’ गज्जब चल्यो
भदौको १७ गतेबाट रिलिज भएको नेपाली फिल्म ‘झिँगे दाउ’ आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ । दोश्रो हप्ताको शुक्रबार पनि यो फिल्मले सुखद कमाई गरिरहेको छ । आज काठमाडौंमा सार्वजनिक बिदा छ । यो बिदाको फाइदा फिल्मले मज्जाले उठाइरहेको छ । भोली शनिबार पनि फिल्मले गज्जबको व्यापार गर्ने पक्का छ ।
डीसीएनका मालिक अशोक शर्माले यो फिल्मले नसोचेको व्यापार गरेको बताए । उनले मिडिया कुराकानीमा भने–‘कुनै फिल्म राम्रो चल्छ होला भनेर सोचिन्छ । यो फिल्म चल्छ भनेर खासै आँकलन गरिएको थिएन । यसको व्यापार सोचेको भन्दा धेरै माथि हो ।’
आज पनि काठमाडौंका हलमा उच्च अकुपेन्सी देखिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले आफूहरु अब दोश्रो साताबाट नाफामा जाने बताए । उनले, यसपटक लगानी पनि केही महंगो भएकाले लगानी नेपालबाट सुरक्षित हुने र विदेशको कमाई नाफा हुने स्पष्ट पारे ।
केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले दर्शकलाई फेरि हलमा फर्काएको छ ।
प्रतिक्रिया