शुक्रबारबाट मात्र नयाँ फिल्म रिलिज गर्नुपर्ने निर्माता संघको निर्णय
नेपालका वितरकहरुले बलिउड वा हलिउड फिल्म सम्बन्धित देशमा जुन मितिमा रिलिज हुन्छन्, सोही मितिमा नेपालमा पनि रिलिज गर्दै आएका छन् । जसलेगर्दा, यसको प्रभाव नेपाली फिल्मको बक्स अफिसमा पर्दै आएको छ । भदौ ९ मा हिन्दी फिल्म ‘लाइगर’ रिलिज हुँदा भदौ ३ मा रिलिज भएका ३ नेपाली फिल्मलाई असर परेको थियो ।
प्रदर्शक र वितरकहरुले विदेशमा रिलिज भएकै मितिमा नेपालमा पनि फिल्म रिलिज हुनुपर्ने तर्क गर्दै आएका छन् । तर, चलचित्र निर्माता संघको नयाँ कार्यसमितीले भने आज पहिलो निर्णय गर्दै, सम्बन्धित देशमा जुन मितिमा फिल्म रिलिज भएपनि नेपालमा भने शुक्रबारबाट मात्रै रिलिज गर्नुपर्ने निर्णण गरेको छ ।
यदि, यो निर्णयलाई अटेरी गरिएको खण्डमा आन्दोलन गर्ने निर्माता संघको कार्यसमितीको निर्णय छ । सदस्य किरण नेपालीले मेरो फिल्मसँग कुरा गर्दै चलचित्र विकास बोर्ड र चलचित्र संघलाई पनि बोधार्थ निर्णय पठाइने बताए ।
निर्माता संघको यो निर्णयले अब प्रदर्शक र निर्माताविच असमझदारी बढ्ने निश्चित छ ।
प्रतिक्रिया