‘ब्रम्हास्त्र’को १ लाख टिकट विक्री
शुक्रबारदेखि बलिउड फिल्म ‘ब्रम्हास्त्र’ विश्व बजारमा रिलिज हुँदैछ । बलिउडले लगातार असफल फिल्म दिइरहेको समयमा यो फिल्मले आशा जगाउने देखिएको छ ।
कोरोनापछि बलिउडका फिल्महरु व्यापारिक रुपमा असफल भैरहेको समयमा आयन मुखर्जीको यो फिल्मले ओपनिङ सुखद गर्ने संकेत दिएको छ । टिकट विक्री खुल्ला भएसँगै बक्स अफिसमा दर्शकको भीड देखिएको छ । यो फिल्मको १ लाख टिकट विक्री भैसकेको भारतीय मिडियाले जानकारी दिएका छन् । फिल्म चल्न अझै ४ दिन बाँकी रहेकाले पनि फिल्मको ओपनिङ बम्पर हुने संकेत देखिएको हो ।
फिल्म ‘शम्शेरा’ असफल हुँदा निराश देखिएका रणवीर कपुरका लागि यो फिल्मले आशा जगाएको छ । फिल्ममा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय, नागार्जुन लगायतका कलाकारको अभिनय छ ।
भारतको अहिलेसम्मकै ठूलो भीएफएक्स फिल्म भनिएकाले पनि यसको चर्चा चुलिएको हो । यस्तै, फिल्मको ‘केशरिया’ बोलको गीतले पनि हंगामा मच्चाइरहेको छ ।
प्रतिक्रिया