त्रिशला गुरुङ भन्छिन्- ‘प्रेम सम्बन्धमा छैन, गाली खाँदा खाँदा भएको छु’
गायिका त्रिशला गुरुङले आफू प्रेम सम्बन्धमा नरहेको कुरा सार्वजनिक गरेकी छन्।
संगीतकार रोहित शाक्यसँग प्रेममा रहेको भनि विधिन्न सञ्चार माध्यममा समाचार आएका थिए । उनले शाक्यसँग प्रेम सम्बन्धमा नरहेको एक कार्यक्रका अवसरमा खुलाएकी हुन्।
गायिकाले आफ्नो इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु’।
त्रिशलाले भनिन्, ‘जे जति यस विषयमा समाचार आएका छन् त्यो सबै झुट्टा हुन् । घरमा पनि गाली खाँदा खाँदा भएको छु । आज सम्म पनि गाली खाइरहेको छु । खासमा त्यो पोस्टमा लेखिएको कुरा गीतको शब्द हुन् । पोस्ट मलोन र डोजाक्याट उनीहरुकै गीतको शब्द लेखेको हो तर मन्छेले के के न भने अरु केही हइन् ।’
गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। उनी आफ्नो अध्ययन सकेर संगीत क्षेत्रमा फर्किएकी छन्।
प्रतिक्रिया