६५ बर्ष माथिका आमा–बुबालाई ‘झिँगे दाउ’ निःशुल्क हेराइने
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘झिँगे दाउ’ले सुखद व्यापार गरिरहेको छ । दर्शकले कथावस्तु बलियो भयो भने मन पराउँछन् भन्ने उदाहरण पछिल्लो समयमा पुष्टी हुँदै गएको छ । यसैविच, फिल्म ‘झिँगे दाउ’को टिमले ६५ बर्ष माथिका दर्शकलाई फिल्म निःशुल्क हेर्न पाउने व्यवस्था गरेको छ ।
काठमाडौंको बीएसआर मुभिज र अष्टनारायण मुभिजमा यो फिल्म हेर्न पुग्ने ६५ बर्ष माथिका दर्शकका लागि टिकट नलाग्ने निर्माणपक्षले बताएको छ । यो फिल्मले छोराछोरीले बाबुआमालाई गर्ने व्यवहार देखाएको छ । एउटा परिवारमा आमाको महत्व कती हुन्छ र आमा नहुँदा कस्तो अवस्था आइपर्छ भन्ने कथालाई फिल्मले देखाएको छ ।
यसैले, पनि ६५ बर्ष माथिका दर्शकका लागि निःशुल्क फिल्म देखाउन लागेको निर्माणपक्षले बताएको छ । आइतबारदेखि लागू भएको यो अभियान फिल्म चल्दासम्म चल्नेछ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला गौतमको मुख्य भूमिका छ ।
प्रतिक्रिया