विजय देवरकोन्डाले ‘लाइगर’ फ्लप भएपछि फिर्ता गर्ने भए ६ करोड, अर्को फिल्ममा पैसै नलिने निर्णय

साउथ सुपरस्टार विजय देवरकोण्डाले फिल्म ‘लाइगर’ बक्स अफिसमा फ्लप भएपछि ६ करोड फिर्ता गर्ने भएका छन्।

एक सय करोड भारुभन्दा बढी लगानीमा बनेको लाइगर नराम्रोसँग फ्लप भएपछि विजयले निर्मातालाई आफूले लिएको पारिश्रमिक मध्ये ६ करोड भारु फिर्ता गर्ने भएका हुन्।

लाइगरले हालसम्म ४१ करोड भारु मात्र बक्स अफिस कलेक्शन गर्न सकेको छ। लाइगरको असफलतापछि विजयले अर्को फिल्म ‘जनगण मन’को बजेटमा अलिकति घटाएका छन् ।

विजयले आफ्नो अर्को फिल्म ‘जन गण मन’ पनि लाइगरकै निर्देशक पुरी जगन्नाठसँग गर्दैछन्। लाइगरको असफलतालाई मध्यनजर गर्दै विजय र पुरी जगन्नाथले फिल्मका लागि आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका छन् । बक्स अफिसमा लाइगरको असफलताका कारण भएको नोक्सानीको पूर्ति गर्न दुवैले यो निर्णय लिएको बताइएको छ । यदि जन गण मन बक्स अफिसमा सफल साबित भयो भने, विजयले केही नाफाको केही प्रतिशत लिने मूडमा रहेका छन् ।