के आँचलको फिल्म हेर्न आधा चितवन उर्लिएको हो ?

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘झिङ्गे दाउ’को व्यापार शनिबार सुखद देखियो । काठमाडौंका केही मल्टिप्लेक्समा पुग्दा फिल्मको व्यापार हाउसफूल थियो । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्मको व्यापार सुखद गर्दा नायिका आँचल शर्मा भने निक्कै उत्साहित छिन् । किनकी, फिल्म क्षेत्रलाई गम्भिर रुपमा लिन थालेकी आँचलका लागि यो फिल्म चल्न आवश्यक थियो ।

फिल्मको शनिबारको व्यापारले उत्साहित आँचलले मिडिया अन्तरवार्तामा फिल्म हेर्न आधा चितवन नै उर्लिएको भन्ने खालका कुरा गरेकी छिन् । आँचलको यो कुरा टिकटकमा भाइरल छ । आँचलका श्रीमान् उदिप श्रेष्ठको घर चितवन हो । यसैले, आँचललाई ‘चितवनकी बुहारी’ समेत भनिन्छ । बुहारीको फिल्म भन्दै मानिसहरु उर्लिएको तर्क आँचलको छ ।

तर, आँचलले भने जस्तो यो फिल्म हेर्न आधा चितवन उर्लिएको भने होइन । एउटा कुरा स्पष्ट के हो भने, चितवनमा आँचललाई उनको परिवारले केही साथ दिएको पक्का हो । चितवनमा फिल्मको व्यापार औषत छ ।

केकी अधिकारी, मुकुन भुषाल, कुशल बिष्ट अभिनित यो फिल्मले आजबाट कस्तो व्यापार गर्छ, त्यो भोलीको दिनमा थाहा हुनेछ । तर, फिल्मले शनिबार काठमाडौंका केही हलमा गरेको सुखद व्यापारले आँचलसहित अन्य कलाकारलाई फाइदा भने भएको छ ।