अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने गरी नेपाली फिल्म क्षेत्रको विकास गर्नुपर्छ : मन्त्री कार्की

नेपाल सकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने गरि नेपाली फिल्म क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघका १६ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले अहिले लाखौ नेपालीहरू रोजगारका लागि विभिन्न देशमा रहेको भन्दै नेपालको फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने गरी विकास गर्नुपर्ने बताएका हुन् ।

विदेशमा रहेका नेपालीहरूलाई पनि सहज रूपमा नेपाली चलचित्र हेर्न सक्ने गरी काम गर्नुपर्ने उनको सुझाव छ । त्यस्तै मन्त्री कार्कीले धेरै राम्रा सिनेमाहरू बनेको र आगामी दिनमा कला संस्कृति र भूगोललाई मध्यनजर गर्दै बनाई विश्व बजारमा राम्रै स्थान पाउने जिकिर गरे ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।