‘झिँगेदाउ’ को प्रिमिएर : फिल्म हेर्नेको ताँती, शुक्रबारबाट कस्तो हुन्छ हेर्न बाँकी

शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘झिँगेदाउ’ को प्रिमिएर आज कमलपोखरीस्थित विग मुभिजमा गरिएको छ ।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपालको ब्यानरमा निर्मित फिल्मको बुधबार राखिएको प्रिएिर शोमा फिल्मकर्मी र रंगपत्रकारको बक्लो उपस्थिती थियो ।

प्रिमिएरमा शो हेर्न पुगेका फिल्मकर्मी, रंगपत्रकार र केही कलाकारका आफ्न्तले भरिभराउ हालमा सिट संख्या भन्दा दोबरले खचाँ खच हल भरिएको थियो । ढिला गरि सुरुभएको कार्यक्रमा उद्घोषकले कार्यक्र सुरु गर्दै गर्दा केही मानिसहरु कहाँ बस्ने तिर लागि परेका थिए भने, कार्यक्रमको अन्त्य भएर शो सुरु हुने बेलासम्म बस्ने ठाँउ नपाएर हलभित्रको सिँढी भरिनै बस्न बाध्य भएका थिए । यसरी फिल्म हेराउने नेपाली फिल्म क्षेत्रको एउटा रोग झै भइसकेको छ । आज प्रिमियर शो हेर्नेको ताँती जस्तो फिल्म शुक्रबारबाट प्रदर्शनमा आउदाँ भने कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।

फिल्मले प्रिमिएरमा सबैबाट राम्रो प्रतिक्रिया पाएको छ । कतिले कलाकारको अभिनयको तारिफ गरेका छन्। प्रिमिएरमा फिल्म हेर्नेको आखाँको केन्द्र केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, हिउँवाला गौतम, कुशल बिष्ट बनेका थिए ।

प्रिमिएर हेर्न चलचित्र बिकाश बोडका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक तथा कलाकार दीपाश्री निरौला, कलाकार मिथिला शर्मा, निर्देशक नवल नेपाल, कलाकार उतम केसी, निर्माता, कलाकार तथा निर्देशक नरेश पौडेल, उज्वल घिमिरे, अशोक शर्मा, दीपकराज गीरि, निर्मल शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता शर्मिला पाण्डे, अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा लगायत नयाँ तथा पुराना थुप्रै कलाकर्मी उपस्थित थिए ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा केकी, मुकुन, आँचलको कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ । फिल्म सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेका हुन् ।

फिल्ममा विष्णु कल्पितको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत रहेको छ ।