रविन्द्र मिश्रले भने- ‘प्रकाश’ फिल्म हेरेर पहिलोपटक रोएँ
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले फिल्म ‘प्रकाश’ हेरेर पहिलोपटक रोएको बताएका छन् । आज परिवारसहित चलचित्र हेर्न पुगेका मिश्रले आफू पहिलोपटक प्रकाश हेरेर रोएको बताएका छन् ।
मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमा लेख्दै भनेका छन्, आफू काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गर्दै फिल्ममा देखाइएका दृष्यहरुले आफ्नो भावनालाई छोएर रुन आएको हुनसक्ने बताए ।
‘आज म र मेरी श्रीमतीले प्रकाश हेर्यौं। म धेरै फिल्म हेर्ने मान्छे त होइन तर आजसम्म मैले अनेक स्वदेशी र विदेशी फिल्म हेर्दा आँशु नै झारेर रोएको थिइन। प्रकाशले हलमा रूवाई दियो !’ उनले भनेका छन् । साथै, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह पनि गरेका छन् ।
उनले शहरमा हुर्केका-बढेका, कर्णाली र सुदूरपश्चिम कहिल्यै नदेखेका, र मौका पाउँदा सहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बाबुआमालाई आग्रह गर्दछुु ।
फिल्म ‘प्रकाश’ले आफ्ना भावनाहरुसँग तादाम्यता राख्नेभन्दा बढी सन्देश बोकेको मिश्रले बताए । त्यस्तै, फिल्मका कलाकारहरुको अभिनय, निर्देशन सबै अब्बल भएको बताउँदै मिश्रले प्रकाश नहेरको भए पछुतो हुने समेत जिकिर गरेका छन् ।
प्रतिक्रिया