सन्तोष सेनको प्रश्न–‘पैसाले नेपालका त सक्दिनँ, भारतका पत्रकार सक्छु होला’
निर्माता तथा निर्देशक सन्तोष सेनले तयार पारेको फिल्म ‘प्रेमगीत ३’ असोजको ७ गतेबाट रिलिज हुँदैछ । यो फिल्म भारतमा हिन्दी भाषामा पनि रिलिज हुँदैछ । यो फिल्म भारतमा रिलिज हुने भएसँगै त्यहाँका मिडिया र ट्रेडहरुले पनि यसको प्रचार गरिरहेका छन् । तर, नेपालमा भने सन्तोषले मिडियाका लागि राम्रै रकम खर्च गरेको चर्चा समेत भैरहेको छ ।
आइतबार आयोजना भएको एक कार्यक्रममा सन्तोषले यो बिषयमा स्पष्ट पार्ने कोशिश गरे । उनले भने–‘अहिले यो फिल्मको चर्चा भारतका ट्रेडहरुले समेत गरेका छन् । तर, नेपालमा भने केही फिल्मीकर्मीले पैसा खुवाएर लेख्न लगाएको भन्दै आलोचना गरेको पनि सुनेँ । मैले नेपालका पत्रकारहरुलाई त पैसाले किन्न सक्दिनँ भने भारतका पत्रकारलाई सक्छु होला ?’
सेनले भारतका ट्रेड तथा समीक्षकहरुले यो फिल्म हेरिसकेको बताए । उनले अगाडि भने–‘उहाँहरुले फिल्म हेरिसक्नुभएको छ । सायद, फिल्मको कथावस्तु, प्रस्तुति, लोकेशन हेरेर केही नयाँ कुरा देखेर त चर्चा गनुभएको होला ।’
बलिउड फिल्मले भीएफएक्स गरेर समेत देखाउन नसक्ने दृश्य नेपाली फिल्मले वास्तविक लोकेशनमा गएरै खिचेको भन्दै प्रशंसा भएको सन्तोषको भनाई छ ।
प्रतिक्रिया