‘प्रकाश’लाई लिएर दीपक र दिनेश डीसीको फेसबुक वार
नेपाली फिल्म क्षेत्रमा एउटा गज्जबको तरिका के देखिन्छ भने, आफ्नालाई काखी च्याप्ने अनी आफूलाई मन नपर्ने मानिसलाई सक्नै पर्छ भनेर लागिपर्ने । कुनै फिल्मले बम्पर व्यापार गर्दा पनि कहाँ गरेको छ र भन्दै हिड्ने मानिस एकथरी छन् भने अर्कोतिर, औषत व्यापार गरेका फिल्मलाई पनि बम्पर व्यापार गरेको भन्दै साथ दिने समुह अर्कोथरी छन् । जे होस्, यहाँ सबैलाई सबैलाई साथ दिएको हेर्न पाउनु त दुर्लभ नै भयो ।
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘प्रकाश’ले कम हल पाएको भन्दै नायक प्रदीप खड्काले पत्रकार सम्मेलन नै गरे । यसपटक प्रदीप अघिल्ला फिल्मको भन्दा बढी आक्रामक देखिए । प्रदीप खड्काको आक्रोश यसपटक फिल्मीकर्मी, चलचित्र हलहरु सबैतिर देखियो ।
प्रदीपको फिल्मले शुक्रबार कमजोर ओपनिङ गर्यो । शनिबार केही हलमा फिल्मको व्यापार हाउसफूल छ । निर्माणपक्षले देशभर फिल्म हाउसफूल भएको बताइरहेको छ ।
जेहास्, शनिबार शुक्रबारको तुलानामा फिल्मले केही राम्रो व्यापार गरेको कुरालाई नकार्न सकिदैन । शुक्रबार प्रदीपले एकहोरो बोलिरहँदा उनको कुरामा कटाक्ष गर्दै कलाकार दीपकराज गिरी र निर्देशक झरना थापाले स्टाटस लेखे ।
दीपकराजले त अरुलाई पनि पर्दा बोल्ने गर, आफूलाई पर्दा त बाख्रा पनि कराउँछ भनेर स्टाटस लेखे ।
तर, दीपकराजका गुरु दिनेश डीसीले नायक खड्कालाई समर्थन गरे । फिल्म ‘प्रकाश’को अफिसियल मिडियाको रुपमा रहेको एक अनलाइनले देशैभरी फिल्म हाउसफूल रहेको भन्दै समाचार लेख्यो । सोही समाचार शेयर गर्दै दिनेशले दीपकराज र झरनालाई कटाक्ष गरे । उनले लेखे–‘बाघ र बाख्राको आवाज बिचको फरक आज दर्शकले नै छुट्याइदिनुभएछ । प्रदीप तपाइले खेल्न इन्कार गरेका २ फिल्मका निर्माताहरुको डाहायुक्त स्टाटस देखेँ । आफ्नो प्रतिभाको प्रयोग गर्नेसँग काम गर्नैपर्छ तर प्रतिभा र नामको प्रयोग मात्र गर्न खोज्नेबाट परै बस्नु राम्रो । नगरपालिकाको वडा सदस्य हुनु भन्दा गाउँपालिकाको अध्यक्ष हुनु राम्रो । तिमी लिड गर्न नै जन्मिएका हौं ।’
यसमा प्रतिक्रिया दिदै दीपकले लेखेका छन्–‘हरेक फिल्मलाई यस्तै साथ दिने बानी बसोस् हाम्रो ।’ दीपकको यो प्रतिक्रियामा जवाफ दिदै दिनेशले लेखे–‘तिमीले मलाई सिकाउन पर्दैन ।’
जेहोस्, फिल्म क्षेत्रमा कुनै न कुनै बिषयलाई लिएर फिल्मीकर्मीविच लफडा चलिरहेको नै हुन्छ । यसपटक ‘प्रकाश’लाई समर्थन गर्दा दिनेश डीसीले दीपकराज र झरना थापामाथि ब्यङ्ग्य गर्न भने छाडेनन् । दिनेश डीसी जस्ता सफल व्यक्तिलाई यस्तो उक्साहट तवरको स्टाटस लेख्न शोभा देला या नदेला, यो उनले नै जान्ने कुरा भयो ।
प्रतिक्रिया