‘बाबरी’ निर्माण टिमले नयाँ फिल्म बनाउने, धिरज र अदिती नै मुख्य भूमिकामा

फिल्म ‘बाबरी’ असोज १४ रिलिज हुदै छ । पूर्वनिर्धारित मिति स्थगित गर्दै दशैंलाई प्रदर्शन मिति तय गरेपछि फिल्म रिलिज हुन अझै केही दिन बाँकी रहेको हो । तर ‘बाबरी’ निर्माण टिमले भने नयाँ फिल्म बनाउने घोषणा गरेका छन्।

‘बाबरी’ रिलिज नहुँदै पुष्पलता बुढाथोकीले नयाँ ‘अनटाइटल प्रोजेक्ट’को घोषणा गरेकी हुन्। यस फिल्ममा पनि धिरज मगर र अदिती बुढाथोकीको नै मुख्य भूमिका रहने बताइएको छ। अहिले स्क्रिप्ट लेखनको काम भइरहेको बुझिएको छ।

हालका लागि अनटाइटल्ड प्रोजेक्ट रहेकाले निर्देशक पनि तय नभएका र आगामी फागुनदेखि छायांकनमा जाने भएकाले फिल्मको टिमबारे बिस्तारै सार्वजनिक गरिने बताइएको छ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’लाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

‘बाबरी’ सुरेन्द्र पौडेल निर्देशित फिल्ममामा धिरज र अदितिसंगै धिरज नाडकरको मुख्य भूमिका छ। फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।