फिल्म ‘लाइगर’ पाइरेसीको सिकार
बक्सर बन्न एक यूवाले गरेको संघर्ष र सपनाको कथा हो फिल्म ‘लाइगर’ यो फिल्म हिजोबाट विश्व बजारमा रिलिज भएको छ।
यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने विश्वास गरिएको थियो, तर त्यस्तो हुन सकेको देखिँदैन । फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । समीक्षकले भने यो फिल्मको कथावस्तु, प्रस्तुति र पटकथा कमजोर रहेको प्रतिक्रिया दिएका छन् ।
निर्देशक पुरी जगन्नाथले थुप्रै हिट फिल्म दिएका छन् । तर, यसपटक उनी फर्म भन्दा बाहिर देखिएका छन् । तीन बर्ष लगाएर लेखिएको कथामा निर्देशक जगन्नाथ, निर्माता करण जोहरले किन यति हलुका काम गरे भन्ने सोच फिल्म हेरेर बाहिर निस्कदा दर्शकको मन उब्जन सक्छ ।
लाइगर बनाउनका लागि ३ बर्ष खर्च गरेका उनले कथामा भने खासै मिहिनेत गरेको देखिदैन । यो फिल्म हेर्दै गर्दा आम दर्शकले अब के हुन्छ भन्ने सहजै पत्ता लगाउन सक्छन् । लाइगर र बालामनीले किन एमएमएको दुनियाँमा राज गर्न चाहेका हुन् भन्ने पृष्ठभूमी समेत देखाउन निर्देशकले मिहिनेत गरेका छैनन् ।
फिल्मले खराब समीक्षा पाएसँगै अहिले पाइरेसीको सिकार पनि बनेको छ । पहिलो दिनमै फिल्मको सम्पूर्ण भिडियो अनलाइन लिक भएको छ ।
रिपोर्टहरू विश्वास गर्ने हो भने, फिल्म पहिलो शोको केही घण्टा पछि अनलाइन लीक भएको थियो। फिल्म तमिल रकर्स, मूभी रूल्स र अन्य पाइरेसी साइटहरूबाट अन्धाधुन्ध रूपमा डाउनलोड भइरहेको छ।
फिल्म लीक भएपछि फिल्मका निर्मातालाई ठूलो झट्का लाग्न सक्छ । किनभने फिल्म लीक भएपछि यसको बक्स अफिसमा अंक प्रभावित हुने सम्भावना छ । यसअघि ‘लाल सिंह चड्ढा’, ‘शमशेरा’ र ‘रक्षा बन्धन’ पनि पाइरेसीको सिकार भइसकेका छन् र उनीहरुको बक्स अफिस प्रदर्शन निराशाजनक रहेको छ ।
प्रतिक्रिया