करिश्माविरुद्ध उजुरी दिने तयारीमा निहारिका

नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन् । करिश्माले केही दिन अगाडि मात्र निहारिक र उनका पूर्वप्रेमी शिवराज श्रेष्ठका अन्तरंग तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरिदिएकी थिइन् ।

निहारिक लामो समयदेखि शिवराजले आफूलाई बलात्कार गरेर बच्चा जन्मिएको भन्दै न्यायका लागि लडाई लडिरहेकी छिन् । जनकपुर उच्च अदालतले उनको बच्चा र आरोपीको डीएनए टेष्टका लागि आदेश दिइसकेको छ ।

गत असारमा निहारिक अनसन बस्दा पनि करिश्माले आवाज उठाएकी थिइन् । उनले, निहारिकालाई सहयोग गर्ने समेत बताएकी थिइन् । त्यसपछि निहारिक र करिश्माविच भेटघाट पनि भएको थियो ।

निहारिकाले करिश्माले दिएको २० हजार रुपैयाँ फिर्ता गर्दै साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेकी हुन् । करिश्माले आफ्नो चरित्रहत्या गर्दै गोपनियता पनि उल्लंघन गरेको निहारिकाको भनाई छ ।