पलबारे के भन्छिन् आँचल ?

नायिका आँचल शर्मा र नायक पल शाहले कुनै समय फिल्म तथा म्यूजिक भिडियोमा एकसाथ काम गरे । फिल्मी बजारमा आँचल र पलको मित्रताको बारेमा खुबै गसिप पनि चल्यो । तर, अहिले आँचल बिबाह गरेर नयाँ जीवन सुरु गरिसकेकी छिन् । पल भने एक मुद्दामा थुनामा छन् ।

उनै, आँचलले केही समय अगाडि मात्र आफूले पललाई सुटुक्क भेटेको प्रतिक्रिया दिएकी छिन् । मिडिया अन्तरवार्ताका क्रममा आँचलले पललाई भेट्दा उनी पहिले भन्दा ह्यान्डसम भएको बताएकी छिन् ।

तर, आफूसँग संगत गर्दाको पल अहिलेको जस्तो नभएको आँचलको भनाई छ । आफूले ४ बर्ष संगत गरेको पल अहिलेको जस्तो नभएको र ४ बर्षपछि पल कस्तो भए भन्ने आफूलाई थाहा नभएको उनको भनाई थियो ।

हिरासतमा पललाई भेट्दा धेरै कुरा नपाएको भन्दै उनले पल बाहिरको खाना खान नपरेर र दौडधुप गर्न नपरेर मोटाएको बताएकी छिन् ।