‘प्रकाश’ले कम शो पाएपछि प्रदीपको यस्तो प्रतिक्रिया
अर्गानिक कथामा फिल्म निर्माण गर्ने क्रम नेपालमा बढेको छ । लगातार रिलिज भैरहेका फिल्महरुले उठान गरेका बिषयले पनि यो कुरा वुझ्न सकिन्छ । भोलीबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’ले पनि जुम्लाको वास्तविक कथालाई उठान गरेको छ । देश जनयुद्धपछि परिवर्तन भएपनि नयाँ समस्या उत्पन्न भएको र त्यसले अर्को बिद्रोहको संकेत गरेको कथालाई यो फिल्मले उठान गरेको छ ।
तर, यो फिल्मलाई मल्टिप्लेक्सहरुले पनि पराईको व्यवहार गरेका छन् । विदेशी फिल्म ‘लाइगर’लाई च्यापेका प्रदर्शकहरुले नेपाली फिल्ममाथि भने चरम विभेद गरेका छन् । यो बिषयमा फिल्म ‘प्रकाश’का नायक प्रदीप खड्काले घुमाउरो जवाफ दिएका छन् । उनले भने–‘हामीले पनि विदेशी बजारमा नेपाली फिल्मलाई लैजानुपर्छ भनेर दौडिरहेका छौं । यसैले, बाहिरको चिज रोक्नुपर्छ भन्ने त हुँदै होइन । किनकी, यो प्रतिस्पर्धाको समय हो । तर, भोली प्रकाशको माग बढेपछि अहिले दिएकै शोमा काम चलाउनु नयाँ शो नथप्नु भन्न भने सक्छौं ।’
रमाइलो शैलीमा प्रदीपले भने–‘हिन्दीमा मान्छे नआएपनि बरु हल खाली राख्नु तर हामीलाई दिएको शो नबढाउनु भन्न हामी सक्छौं ।’
प्रतिक्रिया