‘तिम्रो नजर’ साइन गरेका आर्यन नक्कली कागजपत्रबारे जानकार थिए ?

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि नर्वेको दुतावासमा नक्कली कागजपत्र पेश भएको खबरले फिल्म क्षेत्रमा तरंग मच्चिएको छ । हुनत, फिल्म छायांकनका लागि कलाकार बनाएर थुप्रै व्यक्तिलाई विदेश लुकाउने र पैसा कमाउने खेला यसअगाडि नचलेको होइन । तर, यसपटक भने यो बिषयको पोल खुलेको छ ।

यो फिल्मका लागि नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको पनि भिसा एप्लाई गरिएको सार्वजनिक भएको थियो । यो बिषयमा केकीले स्पष्टिकरण दिइसकेकी छिन् । केकीले यो फिल्म आफूले साइन नै नगरेको बताएकी छिन् ।

तर, यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै नायक आर्यन सिग्देलले भने आफूले फिल्म साइन गरेको बताएका छन् । फिल्म ‘प्रकाश’को प्रिमियरमा भेटिएका आर्यनले भने–‘मैले फिल्म साइन गरेको हुँ । तर, नक्कली कागजपत्रको बिषयमा मलाई जानकारी थिएनँ । यो बिषयमा मैले पर्यटन बोर्डका सीइओसँग पनि कुरा गरिसकेको छु ।’ आर्यनले पनि आफूले पर्यटन बोर्डसँग कुरा गरेपछि नै पर्यटन बोर्डले कडा कदम चालेको बताएका छन् ।