मल्टिप्लेक्समा ‘लाइगर’लाई उच्च शो, ‘राधा र प्रकाश’माथि चरम विभेद
हिन्दी फिल्म ‘लाइगर’ले मल्टिप्लेक्समा उच्च शो पाउँदा दुई नेपाली फिल्मले पनि १३–१४ शोमै सिमित हुनु परेको छ । भोली बिहिबार बेलुकी ७ बजेबाट रिलिज हुन लागेको हिन्दी फिल्म ‘लाइगर’ शुक्रबारबाट भने बिहानैबाट रिलिज हुँदैछ । यो फिल्ममाथि नेपाली प्रदर्शकको आशा उच्च देखिएको छ । अर्कोतिर, एप्पल र प्रचण्डमान श्रेष्ठले किनेका कारण पनि ‘लाइगर’माथि प्रदर्शक हाबी भएका हुन् ।
यो फिल्मले क्यूएफएक्समा मात्र ६५ शो पाएको छ । यो शो अझै बढ्ने आशा गर्न सकिन्छ । बीग मुभिजमा १० शो पाएको यो फिल्मले वान सिनेमाज्मा ९ शो पाएको छ । वान सिनेमाज्को कालिमाटीमा पनि यो फिल्मले उच्च शो पाएको छ ।
तर, प्रदीप खड्का जस्ता स्टार नायक भएको फिल्म ‘प्रकाश’ले क्यूएफएक्सको काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा ५ शो पाएको छ । फिल्म ‘राधा’को अवस्था पनि ‘प्रकाश’को भन्दा कम छैन । यसरीहेर्दा, नेपाली फिल्मले शनिबारसम्म त राम्रो व्यापार गरेपनि शो बढ्ने अवस्था छैन । आइतबारबाट भने फिल्मको वर्ड अफ माउथले शोको घटबढमा काम गर्नेछ ।
‘लाइगर’मा साउथका हिरो विजय देवरकोन्डा र नायिका अनन्या पाण्डेको अभिनय छ ।
प्रतिक्रिया