‘माइकल अधिकारी’को असफलता विर्सन नपाउँदै सौगात–श्रृष्टीलाई ‘राधा’को पिरलो
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘माइकल अधिकारी’ले बक्स अफिसमा कुनै कमालको व्यापार गरेन । भदौ ३ गतेबाट रिलिज भएको गोपिकृष्ण मुभिजको यो फिल्म बक्स अफिसमा एक साता नवित्दै असफल भयो । फिल्मका धेरै शोहरु मल्टिप्लेक्सबाट कटौती भैसकेका छन् ।
यो फिल्ममा रियल लाइफ प्रेम जोडी सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्ममा सौगात श्रीमान्को भूमिकामा छन् भने श्रृष्टी गर्भवती महिलाको भूमिकामा देखिएकी छिन् । यो फिल्मले बक्स अफिसमा ठन्डा व्यापार गरेको एक सातामै यी दुबै जोडीले अभिनय गरेको फिल्म ‘राधा’ पनि रिलिज हुँदैछ ।
शुक्रबारदेखि रिलिज हुने फिल्ममा सौगात र श्रृष्टीको साथमा खगेन्द्र लामिछाने, दयाहाङ राई, वुद्दि तामाङ, निश्चल बस्नेत लगायतको अभिनय छ । यो फिल्ममा सौगात आफैले पनि लगानी गरेकाले उनलाई फिल्मको पिर भने छ ।
तर, फिल्म उत्कृष्ट बनाएको र एक विल्कुलै फरक कथामा निर्माण भएकाले दर्शकले रुचाउने विश्वास उनको छ । सुवर्ण थापा निर्देशित यो फिल्ममा श्रृष्टी गर्भवती महिलाको भूमिकामा छिन् । एउटा फिल्म असफल भएको एक साता नवित्दै अर्को फिल्म रिलिज हुन लाग्दा सौगात र श्रृष्टी दुबैलाई पिर भने छ ।
प्रतिक्रिया