के भूवनले बिहिबार नै २ नेपाली फिल्मलाई असर गर्ने गरि ‘लाइगर’ लगाउन देलान् ?
चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भूवन केसी छन् । लामो समयदेखि विदेशी फिल्मले नेपाली फिल्मलाई हेपेको भन्दै आवाज उठाउँदै आएका भूवन केसी नै अहिले नियम बनाउने ठाउँमा पुगेका छन् । विकास बोर्डको अध्यक्ष भएसँगै आफै भएसँगै सर्वोच्चमा मुद्दा परेपछि भूवनलाई एकातिर तनाव त छदै छ । तर, सर्वोच्चको फैसला कस्तो आउँछ त्यो भोलीको कुरा । आजका दिनमा उनी बोर्डको अध्यक्ष हुन् ।
बोर्ड अध्यक्ष भएसँगै उनले लामो समयदेखि निकाल्दै आएको विदेशी फिल्मको दबदबाको बिषयमा उनलाई कदम चाल्ने अवसर पनि आएको छ । किनकी, यही बिहिबारदेखि हिन्दी फिल्म ‘लाइगर’ रिलिज हुँदैछ । नेपालका हलले पनि बिहिबारदेखि नै यो फिल्म चल्ने भनेर प्रचार गरिरहेका छन् । जबकी, बिहिबारसम्म शुक्रबारदेखि रिलिज भएका नेपाली फिल्मले नै स्वतन्त्र रुपमा रिलिज हुन पाउनुपर्छ ।
यदि, ‘लाइगर’ बिहिबार रिलिज भयो भने शुक्रबार रिलिज हुन लागेका २ नेपाली फिल्म ‘प्रकाश र राधा’लाई असर पर्ने निश्चित छ । बिहिबार हिन्दी फिल्मका लागि प्रशस्त शो छुट्याउने प्रदर्शकले शुक्रबार नेपाली फिल्मलाई अपेक्षित शो दिन्छन् भन्ने कुरामा शंका नै छ । यसैले, यो हिन्दी फिल्मलाई शुक्रबार नै रिलिज गरेर भदौ १० गतेबाट रिलिज हुन लागेका २ नेपाली फिल्म र भदौ २ गतेबाट रिलिज भएका ३ नेपाली फिल्ममाथि न्याय गर्ने अवसर भूवन केसीलाई छ । के बोर्ड अध्यक्ष भूवन केसीले सुरुवातमै आफ्नो काम देखाउने अवसरलाई सदुपयोग गर्लान् त ?
किनकी, यसअघि पनि फिल्म ‘कलंक’लाई बिहिबार रिलिज गर्नबाट तत्कालिन बोर्ड अध्यक्ष केशव भट्टराइले रोकेका थिए ।
प्रतिक्रिया