आइसीको रनवेमा अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा देखिए

दरबारमार्गस्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरेका थिए ।

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भव्य र व्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा भदौ १७ गते रिलिज हुने फिल्म ‘सम्हालिन्छ कहिले मन’का अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्पमा देखिँदा दर्शक मोहित भएका थिए ।

झिलिमिली सजावट सहित आयोजना भएको फेसन शोमा ७ भारतीय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ६१ जना फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी हुन् ।

फेसन शोमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र रुबिना थापा सामेल थिए ।