ऋचालाई टाइटान इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड
नायिका ऋचा शर्माले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘उत्कृष्ट अभिनेत्री’को विधामा अवार्ड जितेकी छिन् । उनले छोटो फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । यो महोत्सवमा अवार्ड प्राप्त गर्नेहरुको नाम घोषणा भएतापनि अवार्ड भने आउँदो डिसेम्बर १७ तारिखमा सिड्नीमा आयोजना हुने कार्यक्रममा वितरण गरिनेछ ।
यो छोटो फिल्ममा ऋचाले साउदी अरबमा अपराधको कसुरमा जेल बस्न बाध्य भएका श्रीमान्को जीवनसाथीको भूमिका निर्वाहा गरेकी छिन् । अशोक तिमिल्सिनाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अशोक ऋचाको पतिको भूमिकामा अशोकले नै काम गरेका छन् ।
श्रीमान् बिदेशको जेलमा परेपछि उनलाई छुटाउनका लागि नेपालमा श्रीमतिले गरेको संघर्षको कथामा यो छोटो फिल्म बनेको छ ।
प्रतिक्रिया