भ्रमण २०२२ सफल

कला क्षेत्र फराकिलोको साथ साथै गहिरो पनि हुने गर्छ छ, त्यसै मध्य एक क्षेत्र चित्रकला पनि हो । सामान्य मानिसका आँखाले नदेखिने वस्तु तथा आकृतिहरूको पूर्ण संगम चित्रकला हो । चित्रकारका आँखाले देखिएका आकृतिहरूलाई रङका मिश्रण तथा क्यानभासको माध्यमले चित्रकारहरूले प्रस्तुत गर्ने गर्छ्न । यस्तै चित्रकार मध्येका एक पि.सिंहले यस पटक बौद्ध टुसालमा रहेको तारागाउँ कला संग्रहालयमा प्रदर्शनी गरेका थिए । प्रदर्शनी नेपाल सेन्टर फर आर्ट एण्ड कल्चर इन्टरनेशनलले आयोजना गरेको थियो भने यो प्रदर्शनी गत श्रावण २९ देखि प्रदर्शन भई तीन दिन पश्चात् समापन भयो । प्रदर्शनीको उदघाट्न नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीले गरेका थिए ।

बेलायतमा बसोबास गर्दै आएका चित्रकार पि. सिंह पेशाले सफ्टवेयर ईन्जिनियर हुन् । उनले बनाएका नेपाली भाषामा टाइप गर्ने टाइपशाला, नेपाली युनिकोड तथा सडक इन्जिनियरिङ्ग सम्बन्धी सफ्टवेयर, राजमार्ग, नेपाल तथा विदेशमा रहने नेपाली ईन्जिनियरहरू माझ उत्तिकै लोकप्रिय छ । उनलाई चित्रकला प्रदर्शनीमा सघाई रहेका विगतका वेब सहायक कपिल सागर कक्षपती थप छ्न ।

पर्यटन उद्योगलाई टेवा पुर्याउने उद्देश्यले सन १९९९ मा ठमेल डट कममा ठमेल क्षेत्र भरीको व्यवसायलाई नक्साकिंत गर्न पि. सिंहले बनाउनु भएको लोकेशन म्याप विश्वको पहिलो भन्दा फरक नपर्ने बताउँछ्न । त्यस बेला गुगलमा त्यस्तो प्रावधान थिएन । त्यसरी नै कक्षपती थप छ्न । अहिले फेसबुकमा बढेको फोटो लोकप्रीयता पनि पि. सिंहले ठमेल गिफ्ट स्टोरमा फोटो आदान प्रदान गर्ने पोर्टलको विकास गरेका थिए । पि. सिंहको शैक्षिक अनुभव र चित्रकलाको विशेषतामा कक्षपती गर्व गर्छ्न ।

समयको व्यस्तताको बावजुद केही समय फुर्सद निकाली चित्रकला बनाउन रुचाउने चित्रकार पि. सिंह खासै कसैबाट प्रेरित तथा अनुभवी चित्रकार नभई आफ्नो बाल्यकाल देखि कमिक मार्फत चित्र कोर्ने सौखरप्रवृतिलाई निरन्तरता दिन टेवा पुर्याउने श्रय आफ्नो धर्म पत्नी संगीता श्रेष्ठ ‘स्वेच्छा’ लाई दिन रूचाउँछ्न । पि. सिंहका पत्नी संगीता ‘नेपाल विद्या विभूषण’ बाट वि. सं. २०७० मा नेपाल सरकार द्वारा विभूषित भएका प्रतिष्ठित महिला हुन । संगीता ‘स्वेच्छा’ सम्बन्धी अत्यधिक खोज www.sangitaswechcha.com बाट जानकारी पाउन सक्नु हुन्छ ।

भिजिट नेपाल २०२० लाई व्यक्तिगत रूपमा प्रवर्द्धन गर्न लागि परेका पि. सिंहले बेलायतमा हाऊस अफ पार्लियामेण्ट, हाथ थियटर (लण्डन) साथै लण्डन म्युजिकल्समा पि. सिंह र रोसलिनको संयुक्त चित्रकला प्रदर्शनी भएको जानकारी पि. सिंहले बताए । जसको लोकप्रीयताले तत्कालीन बेलायतका लागि नेपाली राजदूतले यस किसिमको प्रदर्शनी नेपाली दूतावासमा नेपाली कला, संस्कृतीको जगेर्ना गर्ने हिसाबले हुनु पर्ने चाहाना व्यक्त भएकोले चित्रकार पि. सिंहका चित्रकलाहरु बेलायत स्थित नेपाली दूतावासमा पनि प्रदर्शित भइसकेको प्रसंग उठाउँदै त्यसबाट आफूलाई अझ बढी हौसला मिलेको खुशी पि. सिंह व्यक्त गर्छन् ।

समापन भएको चित्रकला ‘भ्रमण २०२२’ प्रदर्शनीमा आफ्नी छोरी रोस्लिन सिंहले बनाएको चित्रकला समेत गरी कुल ३० चित्रकलाहरू प्रदर्शित थिए । सानो बेला देखि नै चित्रकलामा रुचि भएको बताउने रोस्लिनको समेत चित्रकलाहरू बेलायतका विभिन्न स्थानहरूमा प्रदर्शनी भईसकेको चित्रकार पि।सिंह बताउँछन् ।

उनकी छोरी रोस्लिनले भने वाटरकलर तथा पेन्सिलले बनाएका चित्रहरूलाई प्रदर्शनीमा राखेकी छन् । उनले बनाएका मुहार चित्रहरू पनि हेर्न लायकका छन् । गणित विषयमा विशेष दखल अन्दाज राख्ने रोस्लिनले सन २०१३ मा समडग एवार्ड हासिल गरेका थिईन (थप जानकारी sumdog.com मा) भने हाल उनी बायोमेडिकल विषयमा स्नातकको आउँदो यही सेप्टेम्बरबाट बेलायतमा अध्ययनको तयारीमा छिन ।

रोस्लिनले व्हेलफेस्ट आर्ट प्रतियोगितामा समेत पुरस्कार पाईकेकी छन् भने चित्रकार पि।सिंहका अनुसार यस पटक नेपाल आउने सिलासिलामा आफुले बनाएका चित्रकलाहरूलाई पनि साथमा नै लिएर आएको र यहाँ रहँदा चित्र प्रदर्शनी गरी नेपालीहरूसँग अनुभव साटासाट गर्न पाउने मौका मिल्ने तथा आफुले गरेको चित्रकलाहरूलाई पनि नेपाली सामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो प्रदर्शनी गरेको बताउँछ्नन् । ‘भ्रमण २०२२’ शीर्षक पनि यसै कारणले दिइएको पि। सिंहले उल्ले गर्छ्न ।

उनका चित्रकलाहरू मध्येको एउटामा नेपाली महिलाले डोकोभरि घाँस दाउरा गर्दाको समयमा उनको मुखाकृतिको हाउभाउलाई समेत झल्कने गरी उनले चित्रण गरेका छन् । डोकोको महत्त्व मानव जीवनमा यात्राको लागि मोटर गाडीको पहुँच नहुने नेपालको कयैन स्थानमा अझै पनि भ्रमण र यात्राका लागि डोकोमा सरसामान राखी शिरमा कुम्लाई यात्रारभ्रमणको लागि प्रयोग गरिन्छ जुन घाँसपातमा मात्र सिमित छैन ।

त्यसैगरी उनको अर्को चित्रमा भने पानी परिसकेपछि साँझको समयमा भर्खरै बत्ती बलेपछि देखिने बेलायतको एक परिदृश्यलाई पनि झल्काएका छन् । बत्तीको मधुर उज्यालो अनि वर्षाले भिझेर टल्किरहेका बाटाका परिदृश्य हेर्दा मोहक देखिन्छ्न। त्यस्तै उनका केही भान्छामा प्रयोग हुने खानेकुराहरू जस्तैस् प्याज, गोलभेडा, पाउरोटी, अण्डा जस्ता चीजहरूलाई हबुहु वास्तविक जस्तै देखिने चित्रण गरिएका छन् ।

प्रदर्शनी छोटो अवधी भरमा १००० भन्दा माथी दर्शकले अवलोकन गर्नुको साथै चित्रकलाको बिक्री पनि सन्तुष्टिजनक रहेता पनि चित्र प्रदर्शनीले आफूलाई निकै उपलब्धी मुलक र प्रेरणा दायक बनाएकोले नेपाल भ्रमणको मौका फेरि मिलेमा पुनस् यस्तै चित्रकलाको प्रदर्शनीलाई नेपाल आउँदा निरन्तरता दिनेको कुरा पि। सिंहले बताउनु भयो । पि। सिंहका चित्रकलाका बारेमा अत्यधिक जानकारीका लागि वेबसाईट www.pskart.co.uk मा खोज्न सक्नु हुन्छ ।