श्रृष्टीसँग कोर्ट म्यारिजको प्रश्नमा सौगातको जवाफ–‘साथीहरु उत्तेजित भए’

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको प्रेम सम्बन्ध र लिभिङ टूगेदरको कुरा त अब नौलो रहेन । उनीहरु केही बर्षदेखि एकसाथ बस्दै आएका छन् । सौगात र श्रृष्टीले बिहे पनि यही बर्ष गर्ने तयारी गरेका छन् ।

तर, फिल्म बजारमा उनीहरुले अदालती बिबाह गरेको खबर सार्वजनिक नभएको होइन । यो बिषयमा सोधिएको एक प्रश्नमा दुबैले यसलाई अस्विकार गरे । भने–‘यो विल्कुलै होइन । तर, हाम्रो बिषयमा साथीहरुले राखेको चासोमा खुशी छौं ।’

सौगातले भने साथीहरु अली बढी नै उत्तेजित भएको तर्क गरे । भने–‘हाम्रो बिहेको बिषयमा साथीहरु अली बढी नै उत्तेजित भएका होलान् । कोर्ट म्यारिज गरेको भए त हामीलाई थाहा भैहाल्थ्यो नी ।’ भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘माइकल अधिकारी’ र आउँदो सातादेखि रिलिज हुन लागेको फिल्म ‘राधा’लाई लिएर यी दुई कलाकार आशावादी छन् ।

उनीहरुले फिल्म ‘राधा’ रिलिज भएपछि बिहेको तयारी गर्ने समेत वुझिएको छ ।