फागुण १९ बाट आउने भयो आँचल र विवेकको ‘बर एन्ड बधु’

निर्देशक मिलन चाम्सले आफू निर्देशित नयाँ चलचित्रको प्रदर्शन मिति फाइनल गरेका छन् । मिलन निर्देशित फिल्म ‘बर एन्ड बधु’को प्रदर्शन मिति फागुण १९ गतेलाई तोकिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि यसको प्रदर्शन मिति तय गरिएको हो । यो फिल्मलाई रोमान्टिक कमेडी कथामा निर्माण गरिएको छ ।

अब नेपालको छायांकन बाँकी रहेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा छन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा जानुका थापाको लगानी छ भने डाक्टर अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् ।

निर्माणपक्षले फिल्मको रोमानिया छायांकनका केही तस्वीर सार्वजनिक गरेको थियो । जुन, तस्वीरले पनि फिल्मको बिषयमा दर्शकमा कौतुहलता बढाएको छ ।