बाबु बन्न अस्विकार गरेका हमाल चिकित्सक बन्न कसरी तयार ?

नायक राजेश हमालले फिल्ममा नायकको बाबु बनेर काम गर्न अस्विकार गरे । ‘प्रेमगीत ३, छड्के २, फूलबारी’ लगायतका फिल्ममा उनले बाबुको भूमिका निर्वाहा गर्न अस्विकार गरेका थिए । हमालको स्पष्ट सन्देश थियो, अझै पनि फिल्ममा उनी बाबुको भूमिकामा काम गर्न तयार छैनन् । बरु, उनले ‘सत्यम्’ नामक फिल्म साइन गरेका थिए, जहाँ उनको हिरोइज्म प्रष्ट देखिन्थ्यो ।

तर, दुबई उड्नु अगाडि नायक हमालले ‘मायाको माया’ नामक फिल्म साइन गरेका छन् । यो फिल्ममा हमाल चिकित्सकको भूमिकामा छन् । पारिवारिक कथालाई पर्दामा उतार्न लागिएको फिल्ममा अनुप विक्रम शाही र आना शर्मा मुख्य भूमिकामा हुनेछन् ।

रोहितकरण बैद्यले निर्देशन गर्ने यो फिल्ममा काम गर्न हमाल तयार छन् । ५ बर्षपछि फिल्ममा कमब्याक गर्दै गर्दा हमालले बाबु बन्न अस्विकार गर्नु तर चिकित्सकको भूमिका स्विकार गर्नु आफैमा रोचक छ ।

हमालले फिल्ममा चरित्र भन्दा पनि आफ्नो भूमिका कती सशक्त छ भनेर हेर्ने तर्क गरेका थिए । यसअर्थमा, यो फिल्ममा उनको चरित्र बलियो छ भनेर वुझ्न सकिन्छ ।