‘बाबरी’ भदौ ३१ बाट असोज १४ मा पुग्यो

फिल्म चल्ने दिन नजिकै आउँदासम्म निर्माताहरु प्रदर्शन मिति हेरफेर गर्न तयार हुन्छन् । यसैले, तोकिएको मितिमा नै फिल्म चल्छ भन्ने पक्का हुँदैन ।

भदौको ३१ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बाबरी’ पनि पोष्टपोन्ड भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्म अब असोज १४ गतेबाट रिलिज हुनेछ । निर्माताले वितरकसँग सल्लाहा गरेर फिल्म पोष्टपोन्ड गरेका हुन् ।

असोज १४ गते यसअघि फिल्म ‘परदेशी २’ रिलिज हुने पक्का भएको थियो । तर, यो फिल्म पनि फागुण ५ गतेसम्मलाई पोष्टपोन्ड भैसकेको छ । अदिती वुढाथोकी, धिरज मगर, धिरज नाडकरको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’लाई पुष्पा अधिकारीले निर्माण गरेकी हुन् । फिल्मको २ वटा गीत र टिजर सुपरहिट भैसकेको छ ।

यसअघि भदौ ३१ गतेलाई नै प्रदर्शन मिति तय गरिएको फिल्म ‘लाखे’ पनि पोष्टपोन्ड हुँदै कार्तिकको ११ गते पुगेको थियो ।