गज्जब छ ‘सुपर डान्सर नेपाल’, तर जसिताले अंग्रेजी कम गर्नुपर्छ
नेपालमा रियालिटी शोको बाढी नै आएको छ भन्दा हुन्छ । अब, रियालिटी शोलाई पनि आकर्षक र स्तरिय बनाउन नसक्ने हो भने चल्देनन् भन्ने पुष्टी भैसकेको छ । ‘डान्सिङ विथ स्टार्स नेपाल, कमेडी हब, नेपाल आइडल ४’ लगायतका शो असफल हुनुको कारण पनि यही नै हो ।
यही विचमा एउटा नयाँ, फ्रेन्चाइज शो प्रशारण हुन थालेको छ । भारतीय टेलिभिजनमा सर्वाधिक लोकप्रिय रहेको ‘सुपर डान्सर’को फ्रेन्चाइज ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टीभीबाट प्रशारण सुरु भएको छ ।
शोमा नायक भुवन केसी, नायिका जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन् । एडी रिलिजले निर्माण गरेको यो शोको २ वटा भाग प्रशारण भैसकेको छ ।
शोका २ वटा भाग हेरेपछि दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । ६ बर्षदेखि १४ बर्ष उमेरका बालबालिकाले भाग लिन सक्ने यो शोमा नेपालभरका प्रतिभाहरु सहभागी भएका छन् । दर्शकले अधिकांश रियालिटी शोमा गायनकला बढी हेरिरहेको समयमा यसले बालबालिकाको डान्सलाई आम दर्शकमाझ ल्याएको छ ।
शोको निर्माण, कन्सेप्ट, प्रस्तुति, बालबालिकाको कथा निर्माण गज्जब छ । निर्णायकको हकमा सुरेनले बालबालिकाको डान्सलाई गज्जबले बुझेर निर्णय दिएको देखिन्छ । जसिताले स्टाइल र हाउभाग राम्रो छ । तर, उनले अंग्रेजी बोल्न कम गरेको खण्डमा अझै राम्रो देखिने थियो । जसिताको बोलीमा अंग्रेजी बढी मिसिएको छ । भूवन केसी सुपरस्टारको हकमा शोको निर्णायक देखिएका छन् । प्रतिक्रिया दिने क्रममा पनि भूवन अझै बढी अलमलिएको देखिएको छ ।
तर, भुषण दाहालको निर्देशनमा तयार भएको शोको निर्माण र प्रस्तुति आकर्षक छ । आगामी दिनमा निर्माणकर्ताले यो शोलाई कसरी तयार पार्नेछन्, हामी समीक्षा गर्दै गरौला ।
प्रतिक्रिया