फिल्म ‘परदेशी २’को प्रदर्शन मिति फागुनमा पुग्यो
फिल्म ‘परदेशी २’को प्रदर्शन मिति परिर्वतन गरिएको छ ।
नारायण रायमाझी निर्देशित यो फिल्म असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको थियो । अब प्रदर्शन मितिमा हेरफेर गरेर फागुनमा आउने भएको हो ।
फिल्मका निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । फिल्मलाई फागुनमा प्रर्दशन गर्ने बारे वितरक, हल सञ्चालक एवं फिल्मकर्मीहरूसँगको सल्लाहमा निर्णय गरिएको उनले जानकारी गराएका छन् ।
फिल्मको केही प्राविधिक कामहरू बाँकी नै रहेकाले निर्धारित मितिसम्म तयारी नपुग्ने महसुस भएपछि उक्त मितिबाट केही पछाडि सर्नुपरेको निर्देशक नारायण रायमाझीले बताए ।
निर्णय अनपेक्षित भए पनि समग्र फिल्म क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाइ छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रूपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’ फिल्म ‘परदेशी २’ मा प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटीलगायतको मुख्य भूमिका छ ।
प्रतिक्रिया