के भयो यस्तोः आमिरको ‘लाल सिंह चड्डा’को कमजोर बुकिङ
२ करोड नेपाली रुपैयाँ खर्च गरेर वितरकले नेपाल भित्राएको बलिउड नायक आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को वर्ड अफ माउथ नै दर्शकले कुरेको देखिएको छ ।
मंगलबारदेखि बुकिङ खुल्ला भएको यो फिल्मप्रति वितरक जति भरोसामा छन्, दर्शक देखिएका छैनन् । यो समाचार तयार पार्दासम्म नेपालका अधिकांश मल्टिप्लेक्समा यो फिल्मको बुकिङ कमजोर देखिएको छ ।
वितरकलाई समेत आक्रामक बुकिङ हुन्छ भन्ने अपेक्षा थियो । तर, मंगलबार र बुधबार दिउँसोसम्म पनि फिल्मको कमजोर बुकिङ छ । फिल्मलाई अब वर्ड अफ माउथले नै साथ दिनुपर्नेछ ।
फिल्ममा आमिर खान र करिना कपुर मुख्य भूमिकामा छन् । यस्तै, अक्षय कुमारको नयाँ फिल्म ‘रक्षा बन्धन’मा पनि दर्शकको उत्साह देखिएको छैन ।
प्रतिक्रिया