हमालको रमाइलो जवाफ–‘मैले दीलिपजीलाई डान्स सिकाएको हुँ’
नायक राजेश हमाल जसरी तार्किक जवाफ दिन्छन्, उस्तै रमाइलो जवाफ पनि दिन सक्छन् । हरेक प्रश्नलाई कसरी लिने र जवाफ दिने भन्ने उनलाई राम्रोसँग थाहा छ । इन्ट्रा फाउन्डेशनले आयोजना गरिरहेको ‘मेरो डान्स कप यूएसए’को सेमिफाइनलमा पुगेका उनले डान्सको प्रश्नलाई रमाइलो तरिकाले जवाफ दिए ।
डान्ससँग तपाइको नाता कस्तो हो भन्ने प्रश्नमा हमालले भने–‘डान्ससँग त मेरो गज्जबको नाता छ नी । के तपाइले म जस्तो डान्स गर्न सक्ने अरु कोही देख्नु भएको छ । एकपटक नायक दीलिप रायमाझीजी मसँग डान्स सिक्न आउनुभएको थियो । मैले, समय नहुँदा पनि उहाँलाई २ दिन डान्स सिकाएँ । अब, आज गुरु भन्दा चेला जान्ने हुनुभयो त्यो अर्को कुरा ।’
हमालले आफूले नृत्य गर्दा हेर्ने मान्छेलाई रमाइलो होस् भन्ने चाहेर गर्ने गरेको समेत सुनाए ।
नायक हमालको डान्सको चर्चा उनको करिअरको सुरुवातदेखि नै हुँदै आएको हो । तर, हमाल भने आफू आफ्नै तरिकाले नृत्य गर्ने बताउँछन् ।
प्रतिक्रिया