भिन्न फिल्म मन पराउने दर्शकहरुलाई ‘म’ नयाँ हुन सक्ने ५ कारण
आज श्रावण २० गतेबाट नेपाल भरि फिल्म ‘म’ चल्दैछ । कान्तिपुर फिल्म एकेडेमीबाट निमार्ण भएको म का निर्देशक सुवर्ण थापा हुन् भने यसमा सरोज खनाल, निशा अधिकारी, निराजन प्रधान, रुविना थापा, पुनम श्रेष्ठ, सरिता लामीछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाईली लगायतको अभिनय रहेको छ ।
प्रकाश पुरी कृयटिभ प्रोड्युसर रहेको यो फिल्म दर्शकहरुकोलागि केही नयाँ खुराक हुन सक्ने अनुमान गरिएको छ । फिल्म प्रदर्शन भन्दा १५ अगाडी सम्म गुपचुप रहेर ट्रेलर लन्च देखी एकाएका फिल्मको प्रसारमा उत्रेको फिल्म ‘म’ लाई एक खाल्को भिन्न फिल्म मन पराउने दर्शकहरुले प्रतिक्षा गरिरहेको पाईएको छ । फिल्म ‘म’ लाई किन मन पराईयो र यसका लागि एक खाले दर्शकले किन चासोको शाथमा हेरे भन्ने बिषयमा हामीले ५ वटा निम्न कारणहरु देखेका छौँ ।
फरक शैलिको प्रचार प्रसार:
फिल्म ‘म’ ले फिल्म मार्केटीङ्ग गर्ने नयाँ स्टाईल सेट गरेको प्रस्टै देखिन्छ । फिल्म बनाउन चाहीँ सबै शक्ती प्रयोग गर्ने तर मार्केटीङ्गमा चाहीँ पोस्टर, ट्रेलर, गित र सामाजिक सञ्जालमा मात्रै भर पर्ने फिल्म प्रचार प्रसार (पब्लीसीटी)को परम्परालाई फिल्मले चिरेको छ । फिल्म हलहरु र युट्युवसँगै ‘म’ को ट्रेलर र पोस्टर अहिले शहर भरिका सबै डिजीटल होर्डीङ्ग बोर्डहरुमा देख्न सकिन्छ । यसले गर्दा आम सर्वसाधमरण पब्लीकलाई डाईरेक्ट फिल्मको बारेमा जानकारी दिईरहेको देखिन्छ । त्योसँगै फिल्मको प्रचारको लागि म टिमले काठमाण्डौ भरि ठुलो संख्यामा बाईक र्याली पनि गरेको थियो ।
चोक चोकमा प्रत्यक्ष पब्लीकसम्म पुगेर फिल्मको बारेमा जानकारी गराउने, म्याराथुन गर्ने, पब्लीकको माझमा मनोलग पर्फमेन्स गर्ने लगायत समाजिक सञ्जालमा पनि ‘म’ फिल्मले राम्रो उपस्थिती बनाएको देखिन्थियो । यसले गर्दा रेगुलर फिल्म हेर्ने दर्शकसँगै बाहीरका आमसर्वसाधरणलाई पनि के हो त म भन्ने चासो र जिज्ञासा बनाएको छ ।
मोडर्न सस्पेन्स जनराः
पछिल्लो समय प्रदर्शन भएका फिल्महरु र प्रदर्शन हुन लागेका केही फिल्महरु झट्ट हेर्दा एउटै खाल्को सब्जेक्ट, स्टोरी टेलीङ्ग र फम्र्याटमा देखीएको अनुमान गर्न सकीन्छ । चिसो मान्छे फिल्म कै स्वादमा दोख र पानी फोटो पनि प्रदर्शन भए तर यि फिल्महरुले हलमा दर्शक जम्मा गर्न सकेनन् । अब रिलीज हुन बाँकी केही फिल्महरु पनि डार्क सोसल ड्रामा भएको ट्रेलरले भान दिन्छ ।
यो बिचमा म को पोस्टर र ट्रेलर मोडर्न सस्पेन्स जनरामा आएको देखिएको छ । सस्पेन्स थ्रिलर जनराको फिल्म हेर्न रुचाउने दर्शकहरुको लागि म पहिलो रोजाई हुन सक्छ । ‘म’ को पोस्टर र ट्रेलरले फिल्मको कथा के को बारेमा हो र मुख्य घटना के हो भन्ने लुकाएर पनि अडियन्सलाई क्युरियस राख्न सफल भएकोले पनी फिल्म प्रति एक खाल्को जिज्ञासा भएको देखीएको छ ।
अनुकुल रिलीज डेट :
भोली श्रावण २० गतेबाट ‘म’ सँगै अर्को नेपाली फिल्म चपली हाईट ३ तेस्रो पटक रि रिलीज हुदैछ । त्यो सँगै हलिउड फिल्म बुलेट ट्रेन र साउथ ईन्डीयाको डबीङ्ग फिल्म रामराओ अन ड्युटी पनि नेपालमा प्रदर्शन हुदैछन् तर हिन्दी ठुलो फिल्म र नेपाली ठुला स्टार कास्टको नयाँ फिल्म नभएकोले पनि म फिल्म थ्रेट नभएको हलवाला र डिस्ट्रीव्युटरहरुको ठम्याई छ ।
हुन त एक हप्ता अगाडी रिलीज भएको नेपाली पानी फोटो र हिन्दी फिल्महरु एक भिलेन रिटर्नस र बिक्रम रोनाले हलको अकुपेन्सी होल्ड गर्छ र एक हप्ता पछाडी आउने फिल्म लाल सिंह चड्डाले हल कब्जा गर्छ भन्ने डरले श्रावण २० मा अन्य फिल्महरु नआएका हुन् तर अहिले प्रर्दशन भईरहेका फिल्महरुले राम्रो अकुपेन्सी होल्ड नगर्दा र लाल सिंह चड्डाको पनि भारतमा बहिस्कार अभियानको समाचार मिडीयामा आईरहदा ‘म’ लाई कतैन कतै फाईदा हुन सक्ने देखिन्छ । क्युएफएक्स लगायत मल्टीप्लेक्सहरुले भोलीको लागि फिल्म म लाई चित्त बुझ्दो शो त दिएका छैनन् तर अलिकती पनि फिल्मको माउथ पब्लीसीटी राम्रो भयोे भने शो बढ्ने देखिन्छ ।
ईजी र रिलेटेबल टाईटल:
फिल्मको टाईटलले पनि फिल्मको प्रचार गर्न र फिल्मको बारेमा दर्शकलाई जानकारी दिन धेरै फरक पार्छ, लामो नाम भएको र अफ्ठ्यारो नाम भएका फिल्महरुको टाईटल दर्शकको मुखमा झुण्ड्याउन नै कती फिल्महरुलाई हम्मे परेको देखिन्छ । ‘म’ को सन्दर्शमा दर्शकलाई फिल्मको नाम थाहा दिन त्यती गाह्रो भएको देखिन्दैन । ‘म’ आज सम्म कै नेपाली फिल्महरुको टाईटलमा सबै भन्दा छोटो टाईटल हो । रिलीज भैसकेको फिल्म मध्य एउटा मात्रै अक्षरको टाईटल यो नै हो भन्दा फरक पर्दैन होला । त्यो सँगै हरेकले आफुसँग रिलेट गर्ने भएकोले र भन्न पनि सजिलो भएकोले म सजिलै दर्शक समक्ष थाहा भएको पाइएको छ ।
फिल्म एकेडेमीले बनाएको फिल्म :
आज सम्म नेपालमा फिल्म, एक्टीङ्ग लगायत कलाक्षेत्रका विविध विद्याहरु पढाउने तथा सिकाउने साना ठुला गरेर धेरै एकेडेमीहरु खुलेका र सञ्चालनमा आईरहेका छन्, सबै एकेडेमी तथा कलेजहरुले सैद्धान्तिक ज्ञान दिने तर एक्चुअल प्राक्टील ज्ञान चाहीँ नदिने पाईएको छ । विद्यार्थीहरु मात्रै उत्पादन गर्ने यो एकेडेमीहरुको भिडमा सम्भावना बोकेका विद्यार्थीहरुलाई र यो क्षेत्रका व्यवसायिक फिल्मकर्मीहरुलाई मिलाएर बनाएको फिल्म भएकोले पनि एक खाले बर्गलाई यो फिल्मको बारेमा कौतुहल्ता भएको पाईएको छ । फिल्म नै बनाउन सिकाउने एकेडेमीले बनाएको फिल्म भएकोले ‘म’ लाई चुनौती पनि उती कै छ भने अपेक्षा पनि उती कै रहेको छ ।
प्रतिक्रिया