‘द भ्वाइस अफ नेपाल ४’मा दीप र तृष्णा नरहने
‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन अबको एक महिनापछि हिमालय टीभीमा प्रशारण हुँदैछ । चौथो सिजनमा आइपुग्दा २ जना कोच परिवर्तन भएका छन् । हरेक सिजनमा एक जना महिला कोच परिवर्तन गर्दै आएको आयोजकले यसपटक मुख्य कोच दीप श्रेष्ठलाई आराम दिएको छ । दीप श्रेष्ठको स्थानमा गायक राजेश पायल राई कोचको रुपमा भित्रिएका छन् ।
यस्तै, गतबर्ष कोचको रुपमा रहेकी तृष्णा गुरुङ यसपटक कोचको रुपमा नरहने भएकी छिन् । उनलाई गायिका प्रविशा अधिकारीले रिप्लेस गरेकी छिन् ।
दुई कोच प्रमोद खरेल र राजु लामा भने यथावत् नै रहनेछन् । आयोजकले यही बिषयमा जानकारी दिन आज पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ । तर, पत्रकार सम्मेलनको औचित्य समेत नरहने गरि आफ्नो मिडिया पार्टनरबाट सबै समाचार सार्वजनिक गरेर आयोजकले थोरै मात्र भएपनि व्यवसायिक धर्म निर्वाहा गर्न नसकेको देखिएको छ ।
प्रतिक्रिया