बुवाको भूमिका खेल्न नमानेका हमाल भन्छन्–‘यो बाउ हुने उमेर हो मेरो ?
नायक राजेश हमालले केही फिल्ममा बाबुको भूमिकामा काम गर्न नचाहेको खबर बाहिरिएको थियो । हमाललाई निर्देशक रामबाबु गुरुङ, निगम श्रेष्ठको ‘छड्के २’ लगायतबाट बाबुको भूमिकाका लागि अफर गएको थियो । तर, हमालले सबै प्रस्ताव अस्विकार गरे ।
बरु, हमालले फिल्म ‘सत्यम्’मा काम गर्ने पक्का गरेका थिए । जहाँ, उनी मुख्य नायकको भूमिकामा काम गर्दै थिए । तर, यो फिल्मको काम अहिले रोकिएको छ । हमालले बाबुको भूमिकामा काम गर्न नचाहेको बिषयमा भने–‘बाबु त हुन्छ, तर मेरो बा आमाको हुन्छु । छोराछोरीको होइन । के यो मेरो बाउ हुने उमेर हो र ?
हमालले अगाडि भने–‘भूमिका के को भन्दा पनि सशक्त छ कि छैन भनेर हेर्ने हो । फिल्ममा मुख्य भूमिका छ । त्यसले फिल्ममा गहन भूमिका निर्वाहा गर्ने मौका पाएको छ भनेपनि त कलाकारले जुन भूमिका पनि गर्छ । कलाकारले यो र त्यो गर्ने भन्ने नै हुँदैन । तर, सशक्त भने हुनुपर्यो ।’
हमालले आफ्नो बाउ हुने उमेर नभएको बताएर अझै पनि फिल्ममा मुख्य नायक भन्दा अन्य भूमिका नगर्ने संकेत गरेका छन् ।
प्रतिक्रिया