पवित्रा आचार्य (पाउला) – फोटो फिचर

नायिका पवित्रा आचार्य वि.सं २०६३ सालबाट नेपाली फिल्म क्षेत्रकी प्रवेश गरेकी हुन् । उनले ‘विजयपथ, राजनीति, आवेग’ लगायतका आधा दर्जन फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

उनी कोरियोग्राफी र निर्देशनमा पनि अगाडि बढेकी छिन्, थुपरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्राले गायिका कोमल वलीको तीज गीतबाट कोरियोग्राफीमा डेब्यु गरेकी हुन्।

आज बुधबार उनले निर्देशन गरेको नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक भएको छ । यसै भिडियो बाट पवित्रा आचार्य अब पाउला नाम राखेर अबका दिनमा अगाडी बढने सोच गरेकी छन् ।