‘वर एण्ड बधु’को रोमानिया छायाङ्कन सम्पन्न
फिल्म ‘वर एण्ड बधु’को पहिलो सेड्युलको छायाङ्कन सकिएको छ।
मिलन चाम्सको निर्देशन रहेको फिल्मको पहिलो सेड्युल अन्तर्गत रोमानियाको सुटिङ २४ दिनमा सकिएको फेसबुकमार्फत जानकारी दिएका छन्।
‘वर एण्ड बधु’ टिम एक महिनाअघि सुटिङको लागि रोमानिया प्रस्थान गरेको थियो। अब बाँकी छायाङ्कन नेपाललगायत अन्य ठाउँमा गरिने बताइएको छ।
साथै, चाम्सले फिल्मको छायाङ्कनको तस्विरहरू समेत सेयर गरेका छन्। फोटोमा फिल्ममा मुख्य कलाकार आँचल शर्मा र विकेक कर्माचार्य रोमान्टिक देखिएका छन्।
रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको फिल्मलाई एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । यसै फिल्मबाट विवेक डेब्यू गर्दैछन्। फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहनेछ।
फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
प्रतिक्रिया