फिल्म ‘दोख’ को अस्ट्रेलियामा विशेष सो, द्वन्दकालको कथाले मन छोएको प्रतिक्रिया

फिल्म ‘दोख’को अस्ट्रेलियामा विशेष सो गरिएको छ ।

अनुप बराल निर्देशित फिल्म‘दोख’ अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा गरिएको सोमा निर्माता तथा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

विशेष सोमा फिल्म हेर्ने दर्शकले फिल्मको तारिफ गरेका छन्। फिल्म अन्य शहरमा पनि छिट्टै प्रदर्शन गरिने निर्माता मनोज अधिकारीले जानकारी दिए।

दशक लामो सशस्त्र द्वन्द्वकालमा नागरिकले बाँच्नु परेको त्रासदीपूर्ण जीवनको कथा पेश गर्ने फिल्म ‘दोख’ हेरे पछि धेरैले मन चसक्क भएको प्रतिक्रिया दिए। अष्ट्रेलियामै जन्मेका दोस्रो पुश्ताका नेपालीहरुले पनि ‘दोख’ले देखाएको द्वन्दकालको कथालाई बिशेष चासोका साथ हेरेर खुसी ब्यक्त गरेको कार्यकारी निर्माता रन्जु वाग्लेले बताइन। २ घण्टा १३ मिनेट लामो फिल्मलाई नेपालमा समीक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । नेपाली मौलिक कथावस्तुमा निर्माण भएको ‘दोख’लाई राजन कठेतले लेखेका हुन् ।

फिल्म ‘दोख’ मा कलाकार दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, सुरज मल्ल, रोयदीप,राज थापा काउछा, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ।

फिल्मले द्धन्द्धको कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई रहेका छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।