सलमान खान हतियार राख्ने लाइसेन्स लिएर सुटिङ सुरु गर्दै, दबंग स्टाइलमा देखिए एयरपोर्टमा

बलिउड अभिनेता सलमान खानलाई सन् २०१८ मा कालो हरिण सिकारको मुद्दा चलिरहेको बेला लरेन्स बिस्नोइ र उनको ग्याङले सलमानलाई मार्ने धम्की दिएका थिए ।

केही समय अगाडि लरेन्स बिश्नोई गिरोहले कथित रूपमा अभिनेतालाई ‘मुसेवाला जस्तो अवस्था’ गर्न दिने धम्की दिएको थियो। सलमान र उनका पिता सलिमलाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए ।

सलमानले जुलाई २२ मा मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरलाई भेटेर आत्मरक्षाका लागि हतियार राख्न अनुमति मागे र सोमबार बिहान अभिनेताले हतियार राख्ने लाइसेन्स पाए । यति मात्र होइन, अभिनेताले आफ्नो सुरक्षा प्रणालीमा पनि धेरै परिवर्तन गरेका छन् । अभिनेताले आफ्नो कार अपग्रेड गरेका छन्। उनी अहिले बुलेटप्रुफ ल्यान्ड क्रुजरमा यात्रा गरिरहेका छन् ।

सोमबार नै मुम्बई प्रहरीबाट हतियार राख्न लाइसेन्स पाएपछि दबंग खानले आफ्नो फिल्मको सुटिङ सुरु गरेका छन् । वास्तवमा हतियार लाइसेन्स पाएपछि सलमान खान मुम्बई एयरपोर्टमा देखिएका थिए । कडा सुरक्षाबीच सलमान सुटिङकालागि गएका थिए ।

सलमानको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेता आफ्नो दबंग शैलीमा कारबाट बाहिर निस्केको देखिन्छ र त्यसपछि उनी अगाडि बढेर एयरपोर्ट भित्र प्रवेश गरेको देख्न सकिन्छ। तर, यो समयमा सलमान खानको वरिपरि सुरक्षाको कडा घेरा देखिन्छ । सुन्तला रंगको शर्ट र कालो प्यान्ट लगाएका सलमानसँगै उनका विशेष अंगरक्षक शेरा पनि देखिएका थिए ।

यतिबेला सलमान खान आफ्नो फिल्मको सुटिङमा निकै व्यस्त छन् । अभिनेताका दुई ठूला फिल्महरू रिलिजका लागि लाइनमा छन्, कभी इद कभी दिवाली र टाइगर ३। यी दुवै फिल्मको छायाँकन समय समयमा सलमानले गरिरहेका थिए । यसबाहेक सलमान खान ‘पठान’ मा पनि केमियो रोलमा देखिदै छन्।