नायिका नीता ढुंगाना अस्पताल भर्ना

नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् ।

नीता मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् । पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् । नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।

नीताको आज दिउँसो लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम रहेको थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीता अनुपस्थित भएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरेका थिए ।