बलिउडका १० निर्देशकले सुनाए सञ्जु बाबाको जीवनको कथा, वास्तविक जीवनमा पनि बने ‘नायक’
१९५९ जुलाई २९ मा जन्मिएका सन्जय दत्त को जिवन लाई हेर्ने हो भने उनको जिवन कुनै फिल्म भन्दा कम छैन । त्यसैले त उनको जिवन र त्यसमा भएका घटनाहरु समेटेर एउटा सिङ्गो फिल्म नै बन्यो सन्जु । हिन्दी फिल्ममा आजसम्म बनेका कयौ बायोपिक मध्य सबैभन्दा बढी कमाइ पनि उक्त फिल्म कै भयो । सुनिल दत्त र नर्गिस दत्तको छोरा सन्जय दत्तको हरेक रोललाई दर्शकहरुले साह्रै माया दिएका छन्, चाहे त्यो रकी होस अधीरा या काचा चीना या सुद्ध सिंह । सन्जय दत्तको जिवनमा धेरै उतार चढाब आए कयौ समस्याहरु पनि आइपरे तर पनि उनले हरेक चुनौतीहरुलाई आफ्नो जिवनमा हावी हुन दिएनन् । फिल्म निर्माता हरुको प्यारो बनेका सन्जय दत्तको जन्मदिनको अवसरमा फिल्म निर्माताहरुले सन्जय दत्तको बारेमा यस्तो भन्छन् ।
उनलाई कसैले पनि रोक्न सक्दैनः चन्द्रप्रकाश द्विवेदी
सम्राट पृथ्वीराज चौहान’का निर्देशक डा चन्द्रप्रकाश द्विवेदी भन्छन्,’हामी सबै उनको स्वास्थ्यलाई लिएर चिन्तित थियौ । ’सम्राट पृथ्वीराज चौहान’ को थोरै सुटिङ्ग बाकी थियो त्यतिबेला नै हामीलाई उनको स्वास्थ्यको बारेमा थाहा भयो अनि चिन्तित हुनु त स्वभाविक नै थियो । तर उनले क्यान्सरलाई मात दिएर सुटिङ्ग मा एउटा योद्दा जसरी काम गरे । उनले देखाइदिए कि आफुलाई केहि पनि कुराले रोक्न सक्दैन । र यही कुराले उनलाई अरुभन्दा फरक बनाउछ ।
सन्जय दत्त बाहेक अरु कोही हुदैन थियोः प्रशान्त नील
वर्षको सबैभन्दा हिट फिल्म ’केजीएफ च्यापटर २’का निर्देशक नील भन्छन्,’ यो फिल्मको भिलेन सन्जय दत्त मात्र हुन सक्थे । फिल्मको पहिलो भागमा नै हामीले अधीराको रोल लेखिसकेका थियौ तर जबसम्म ’केजीएफ’ हिट भएन तबसम्म हामी उनकोमा गएनौ । त्यसपछी मात्र हामी उनकोमा गयौ अनि उनीसँग काम गर्दा पिक्निक मनाएजत्तिकै लागेको थियो । उनको कास्टिङ अधीराकोलागि सय प्रतिसत पर्फेक्ट रह्यो । उनी बाहेक अरु कलाकारलाई यो रोलमा सोच्न पनि सक्दिन ।’
हामी सबैको लागी प्रेरणा होः करण मल्होत्रा
केहि दिन अघी मात्र सन्जय दत्तको ’शमशेरा’ रिलिज भएको छ । उक्त फिल्म बक्स अफिस मा खासै हिट नरहे पनि दर्शकले फिल्ममा उनको रोल एकदमै मन पराएका थिए । फिल्मको निर्देशक करण मल्होत्रा भन्छन्,’फिल्मको सुटिङ्गको क्रममा जब हामिलाई उनको स्वास्थ्यको बारेमा थाहा भयो, त्यो पल हाम्रो लागी कुनै शोक भन्दा कम थिएन । तर उनी सेटमा आउँदा केहि पनि नभएको जस्तो व्यवहार देखाउथे । उनी जस्तो सुकै लडाइ पनि लड्न सक्छन् । उनी हामी सबैको लागी प्रेरणा हो ।’
सोझोपनले गर्दा फसिएः सुभाष घई
निर्माता निर्देशक सुभाष घई पुराना दिनलाई याद गर्दै बताउछन्,’ खलनायक फिल्म रिलिज हुने बेलामा उनलाई गिरफ्तार गरिएको थियो र कति मान्छेहरुले मलाई उनको यो गिरफ्तारीको फाइदा उठाउने सल्लाह पनि दिए । तर मैले त्यसो गर्न जायज ठानिन किनकी कोइ कोइ व्यक्तिले उनको सोझोपनको फाइदा उठाएको मलाई थाहा थियो । त्यो समय उनको लागि कठिन थियो र यो समयलाई फिल्मको लागी प्रयोग गर्नु मेरो नैतिकताको खिलाफ थियो । म उनलाई १० वर्षको उमेर देखी चिन्छु, उनी कुनै दोषी थिएनन्, बरु आफ्नो सोझोपनको कारणले फसेका थिए ।
सन्जय दत्त सधै स्पेशल रहने छन् : ईन्द्र कुमार
निर्देशक ईन्द्र कुमारसँग ’धमाल’ र ’डबल धमाल’ मा काम गरिसकेका सन्जय दत्त ’टोटल धमाल’मा नदेखिएपछि यस्तो चर्चा थियो कि फिल्ममा अडल्ट कमेडी भएका कारणले सन्जयले उक्त फिल्ममा काम गर्न मानेनन् । यही विषयमा ईन्द्र कुमारसँग प्रश्न गर्दा उनी भन्छन्,’अडल्ट कमेडी भएर फिल्म नगरेका होईनन्, समय व्यस्तताका कारण सँगै काम गर्न सकिएन तर हामी छिट्टै सँगै काम गर्दै छाँै । उनी हाम्रो लागि सधै स्पेशल रहने छन् ।’
उनको उपकार कहिल्यै भुल्न सक्दिनः सञ्जय गुप्ता
सञ्जय दत्तसँग ‘आतिश’, ‘खौफ’, ‘जंग’, ‘मुसाफिर’, ‘कान्टे’ जस्ता धेरै फिल्म बनाएका सञ्जय गुप्ता पनि आफ्नो मनपर्ने नायकका फ्यान हुन् । तर, केही कुरालाई लिएर दुवैबीच मनमुटाव भयो र दुवैले सँगै काम गर्न छोडे । तर अब छिट्टै सञ्जय गुप्ताले उनीसँग फिल्म सुरु गर्न लागेका छन् । विगत बिर्सेर सञ्जय गुप्ता भन्छन्, ‘आतिश बनाउँदा र ठूला स्टारको आवश्यकता पर्दा सञ्जुले मलाई साथ दिए । उनको यो उपकार म जीवनभर बिर्सन सक्दिन ।’
पिटाई खाईन्छ भन्ने लाग्यो: हिरानी
‘मुन्नाभाई एमबीएस’ र ‘लगे रहो मुन्ना भाइ’ बाहेक फिल्म ‘सञ्जु’मा राजु हिरानी र सञ्जय दत्तले पनि निकै रंग बनाएका थिए । जब राजु हिरानीले सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ बनाए, फिल्म हेरेपछि उनलाई सञ्जय दत्तले पिट्छ कि भन्ने डर थियो । राजु हिरानी भन्छन्, ’फिल्मको स्क्रिनिङको क्रममा एक्कासी मलाई फिल्म हेरेपछि सञ्जुले कुट्छ कि भन्ने डर लाग्न थालेको थियो तर फिल्म हेरेपछि सञ्जुले मलाई अँगालो हालेर रुन थाल्यो ।
बायोपिक देखेर निराश छु : महेश मांजरेकर
महेश मांजरेकर र सञ्जय दत्त एकदमै खास साथी हुन् । सञ्जय दत्तको बायोपिकलाई दर्शकले राम्रै मन पराए पनि महेश मांजरेकरलाई भने फिल्म मन परेन । उनी भन्छन्, ‘सञ्जय दत्तको बायोपिक देखेर म निकै निराश भएँ । यदि मैले यो फिल्म बनाएको भए, म यसलाई फरक तरिकाले अप्रोच गर्ने थिएँ । मैले सन्जय दत्तको जीवनलाई नजिकबाट हेरेको छु, फिल्ममा धेरै पक्षहरू समावेश गरिएको छैन ।
‘मुझे जीने दे’ बाट लुक लिएकोः अश्विनी
‘सन अफ सरदार’ मा सञ्जय दत्तसँग काम गरेका निर्देशक अश्वनी धीरले यो फिल्मसँग सम्बन्धित एउटा किस्सा सेयर गर्दै भने, ‘हामीले फिल्ममा सबै कलाकारको लुक डिजाइन गरेका थियौं । तर, सञ्जय दत्तलाई कुन लुक दिनुपर्र्छ भन्ने बुझिएन । फिल्ममा सञ्जय दत्त निकै कडा र संयमित भाइको भूमिकामा थिए । त्यसपछि सञ्जय दत्तले ‘मुझे जीने दो’ मा बुवा सुनिल दत्तको भूमिका निभाएका थिए । त्यसपछि सञ्जय दत्तले ‘मुझे जीने दो’ मा आफ्ना बुबा सुनील दत्तको लुक सुझाव दिएका थिए । हामीले त्यही लुक दियौं र लामो समयपछि सञ्जय दत्तलाई घोडामा बसायौं ।
जब सञ्जय दत्तले मलाई समर्थन गरेः डेभिड
डेभिड धवन र गोविन्दाको सम्बन्ध कस्तो रह्यो, सबैलाई थाहा छ । दुबैले सँगै धेरै हिट फिल्म दिए तर सोही गोविन्दा डेभिड धवनसँग सानो कुरामा रिसाए र सञ्जय दत्त निशाना बने । डेभिड धवन भन्छन्, ‘एक और एक इलेभेन’ को सुटिङका क्रममा गोविन्दालाई एउटा दृश्य मन परेको थिएन । उनले आफ्नो सुझाव दिए जुन मलाई मन परेन, त्यसपछि मात्र सञ्जय दत्त त्यहाँ आए । जब उनले मेरो पक्ष लिने क्रममा त्यो दृश्यलाई सहि भने, त्यही कुरा गोविन्दाको मनमा छोयो र उनी सञ्जय दत्तसँग रिसाए । गोविन्दाले उनीसँग किन कुरा गर्दैनन् भनेर सञ्जय दत्त आश्चर्यमा परे । उनले बोल्न पहल पनि गरेनन् । धेरै दिन यसरी नै चल्यो । सेटको एक कुनामा गोविन्दा र अर्को कुनामा सञ्जय दत्त बस्थे ।
प्रतिक्रिया